उनि म अनि हाम्रो माया

म अनि मेरो यात्रा,हाम्रो मायाको साची काठमाडौँका टोल अनि गल्लि गल्लि ,सागुरा सडक,  यहि कोलाहल सडक गाडीको ट्यार टुर, मान्छेको गुन गुन , गन्तब्को खोजीमा दौडिएका हरेक पाइलाहरु, अनि त्यै भिडमा एउटा म लुरो ज्यान, झुप्प झुसे दारी मिल्न नसके नि टुप्पीमा गाठो पारिएको घुम्रो कपाल अनि पछाडी झोला, सालाखाला मान्छे र झोला को तौल उस्तै, बेपर्बाह म , कानमा एअरफोन , रातभरको अनिदोले लोलाएका आखा, कचेरा भरिएका परेला , थकित ज्यान , न्याउरो अनुहार हार र थकान प्रस्ट देखिन्थो , हरेक दिन दौडिदै हुन्छु खोइ के को लागि आज सम्म पत्ता लगाउन सकेको छैन |
अचेल त बानी लागेछ यस्तै, अचानक फोनको घन्टीले झल्यास्स हुन्छु हेर्छु आमाको फोन रहेछ उठाए


आमा : बाबु के छ खबर आराम छौ ?
म : ठिकै छ आराम छु , हजुर लाई आराम नै छ होला नि ?
आमा : अह बाबु निकै छ, अनि क गर्दै छौ खाना खायौ ?
ओहो बल्ल पो याद आयो तीन दिन देखि खान नखाको , येसो भान्सा तिर हेरे अस्ति चाउचाउ पकाएर खाएको भाडा नि माजेको रहेनछ , झिंगालाई स्वर्गको अनुभब भै रहेको रैछ |
आमा : बाबु ! हेल्लो यो टावर नि ?
कता आफ्नै दुनियामा हराइसकेको रैछु, अचेल यस्तै भएको छु म |
म : हजुर आमा अह खाई सके , आज अलिक थकाई लागेको छ सुति सके |
सुते भनेर के गर्नु, नया कामको खोजि अनि पुरानो कम्पनि संगको लेनदेनको चक्करमा हिन्दा हिन्दा जुत्ताको तलुवा फाटीसकेको कुरा आफैलाई मात्र थाह छ |
आमा : ल बाबु एताको चिन्ता नगर्नु सबै ठिकै छ, आफ्नो ख्याल गर्नु समयमै खानु | अनि बाबु सुनन पल्ला घरे कान्छो त आस्ट्रेलिया जाने भएछ नि |
म : हस |

यत्तिकैमा फोन राखे फेरी टोलाउन थाले, चोकमा कुकुरहरु हल्ला गर्दै थिए खोइ म कता हराको थिए , मनमा पहिलेको अपिसको साहुको अनुहार घुमी राको थियो साला उसको बाउको पैसा मागे जस्तो गर्दै थियो आज त मैले त आफैले दुख गरेको पैसा त मागेको थिए उठाए घट घट पानि पिय फेरी फोन बज्यो, हेर्न नि अल्छि लाग्यो आर्को तिर फर्केर सुते फेरी बज्यो सिरकले मुख छोपेर सुते, फेरी बज्यो टु टु सिरानीले टाउको चेपेर सुते, फेरी बज्यो टिपेर झ्यालबाट फाल्दिम जस्तो लागे फेरी माया लग्यो फोनको हेरे लुरी लेखेको नाम टल्कियो स्क्रिनमा लुरी यानिकी मायालु काठमाडौँको बिरानो ठाउमा मलाई आफ्नो लाग्ने मान्छे, उठाए फोन अब गाली सुन्न पर्ने निश्चित थियो दिउस उसको फोन काटेर पछि कुरा गर्छु एकछिनमा भनेको थिए भुसुकै बिर्सेछु .

म : हेलो …
उ : के को हेलो नि , एकछिन कहिले हुन्छ ह, मान्छे झन् उसलाई कति कुरा सुनाउ भनेर फोन गरेको कहिले काट्छ कहिले उठाउनु छैन , तिम्ले मलाई कहिले बुझ्ने भएनौ, मेरो कहिँ मतलब छैन है, कहाँ छे , के गर्दै छे (म : अह ) माया गर्छु भनेर मात्र हुन्छ , अझ अह भन्न लाज नि छैन .

— म केहि नबोली पछि उसको गाली गर्ने जागर नि मरेछ क्यारे बोल्न छोडी …

म : अह , अनि माया गरेर सकियो , भन के गर्दै छौ |
उ : के गर्नु नि चक्कु रेडी पार्दै छु भोलि कोइ कोइको घाटी रेट्नु छ ,
— त्यो कोइ कोइ आफु नै थिए
म : को होला त्यो भाग्यमानी (अन्जान बनिदिए) , अनि खाना खायौ ?
उ : खाए ,राजा साहेबले खाईसियो त ? ( हे भगवान यो केटि मान्छेको रिष)
म : अह सुते , भन न दिउस देखि के भन्न खोज्दै थियौ ?
उ : मैले प्रोसेसिंग सुरु गरे कलेजको अफर लेटर आयो , अब भोलि बैंकको लेटर लिगेर पर्सि भिसा  अप्लाई गर्ने, हुन त तिमीलाई के मतलब छ र , घरमा कुरा गर संगै जाम भनेको मानिसियेना राजा सायाबले ..तपाईलाई त आफ्नै देश आफ्नै काम अनि त्यै अपिस प्यारो म भन्दा , अनि राजा को सापले पैसा दिनु भयो त |
— म त उसको गालीमा पनि आफ्नै पिडा पाउथे फेरी त्यै अपिसको कुरा हे भगवान .. अनि बिदेस घरमा दुइ छाक खान गारो छ कसरि ५० लाख दिनुस बिदेस जान्छु भनु , सोच्न त सोचेको , गैरीखेत, पाखो बारी , गोठका गाइ बाख्रा , बाको हातको औठी , आमाको तिलहरी, बुलाकी, मुन्द्री सबै बेच्दा  विदेश सम्म जान आउन टिकेट किन्ने पैसा नपुग्ने रैछ , के को विदेशको सपना देख्नु ,,अनि जय नेपाल भनेर बसियो |
म : ल तिमीलाई धेरै धेरै बधाई छ (मन मनै सोचे अब एक्लै हुने दिन आएछ , एउटा माया गर्ने मान्छेले नि अब त खैरेको देशमा डलरलाई माया गर्ने हुने भइन ) , ल म सुत्छु है | गुड नाइट

उ : हेर्न त्या यो ,मान्छे मैले घरमा हाम्रो बारेमा कुरा नि गरे बाबाले तिमीलाई भेट्ने भन्नु भाको छ भोलि मेरो घर आउने त्या त्यो दारी कपाल काटेर चटक्क परेर आउने ..

— लौ आर्को फसाद यो केटीहरुलाई यस्ता दिमाग कहाँबाट आउछ, उसकोबाआमालाई भेट्ने रे त्यो नि उसकै घरमा, आफु संग एकजोर राम्रो जुत्ता छैन कपडा छैन कसरि भेट्ने .

म : ह , के भनेको भोलि नै , त्यै नि मैले नि किन भेट्न पर्यो र ?
उ : धेरै जान्ने हुने होइन, भोलि फोन गर्छु बिहानै चिटिक्क परेर बस्नु म गाडी पठाई दिन्छु , अहिले सुत गुड नाइट , लभ यु ..

लौन आर्को फसाद..अब के लगायेर जाने, कसो गर्ने आज त सुताम्ला भनेको कस्तो धर्म संकट आयो , पहिले त केटा तिरकोले केटि हेर्न जान्थे यहाँ त म केटि तिर देखिन जाने पर्ने भयो साथी हरुलाई फोन गरे भोलि पल्टको लागि कपडा जुत्ताको जोहो गरे अनि सुते |

अप्रिल(चैत्र) महिना काठमाडौँमा गर्मी छीपीसकेको थियो, आफ्नो दैनिक तालिका त्यै थियो एकपटक पुरानो अपिसमा कुरा गर्नु पैसा माग्नु अनि जागिर खोज्नु , फोन बज्यो हेर्ये लुरी अन्तिम पटकको, अब त उनि नि बिरानो भैसकेको थिएन उनि बिदेस प्रोस्सेसिंगमा मा जागिर खोज्नमा बिजी, उठाए ,
म ; हेल्लो
उ : के का हेल्लो नि म न्यु रोड छु , भेट्न आउ खुरुक्क ..
म ; यहाँ अपिसमा छु , एकछिन आउदा हुदैन ,
उ ; हुन्छ एकछिन नै भनेर बस म आर्को हप्ता जादै छु
— य दुइ दिन कुरा नहुदा उसको त भिसा लागेर जाने भइ सकी छ ..
म : य हो र ल तिमि के गर्दै छौ , ( अब जाने नै भए पछि त सायद अन्तिम पटक भएनी भेट्न त जान नै पर्यो, कता कता मनमा चिसो लाग्यो आउने दिन सम्झे कहिले जहिले एक्लो हुदा सम्झाउने साथ दिने उह नै त थिई अब उह नै गए पछि मेरो हालत के होला )
उ ; अहिले त असन छु सपिंग गर्दै, अनि सुनन तिम्रो लागि के लिदिउ?
म ; केहि पर्दैन …

अब त केहि समय, सायद  २ 4 बर्ष उनि संग टाडा भएर बस्न पर्ने दिन आएछ सायद सधैको लागि के थाह भोलि कसले देखेको छ, भन्ने हरु भन्छ सधै सकारात्मक सोचेर आगाडी बढ्न पर्छ तर त्यै त हो मन न हो बहकि हाल्ने रैछ , बुढा पाकाले भन्थे मन , धन अनि पानीको बहाब कता जान्छ थाह हुदैन रे , यो चिजलाई कहिले आफ्नो नभन्नु भन्थे कतै विदेशको हावापानीमा उनको मन नि बग्यो भने, उनले मलाई बिर्सिन भने दरबारमार्ग देखि न्यु रोड सम्म पुग्दा यस्तै अनेकौ भावनाका छालहरुले मनलाई तरंगित बनाईरहे तर्सि रहे , आफैलाई सम्झाईरहे , आफैमा हराईरहे , छट्पटाई रहे , सम्हालीरहे | न्यु रोड गेट पुगेर फोन गरे पिपलबोट निर सिसा क्याफेमा भेट्ने कुरा भयो , कुरा त भयो अब क्याफेको बिल कसरी तिर्ने आर्को पिडा आइ लाग्यो … भेटे म शब्दबिहिन भइसकेको थिए, फगत उनको अनुहार मात्र हेर्दै थिए उनि सपना सुनाउदै थिएन , उनीलाई त्यो बेला जति खुसि अनि दुखि कहिले देखेको थिएन खुसि उनि आस्ट्रेलिया जादै थिइन् दुख मलाई छोडेर जादै थिएन , भन्दै थिएन मैले एउटा वकिल संग कुरा गरेकी छु हामी कोर्टमा बिहे गरम अनि म उता पुगे पछि तिन महिना पछि बोलाऊछु , त्यस्तै त्यस्तै .. म हुन्छ भन्न नि सकिन नै भन्न नि सकिन मात्र टाउको हल्लाए , टोलाईरहे ..

उसको फोन बजिरहेको थियो बाबा आउदै हुनुहुन्छ भन्दै थिइ डलर साट्न छ के के उसका काम हरु सुनाउदै थि तर मलाई केहि सुन्न मन नै थिएन बस उसलाई हेरी रहेको थिए लाग्दै थियो सायद अन्तिम पल्ट उसलाई हेर्दै छु , उसको बाबा आइपुग्नु भयो बिदा हुने बेला भयो मेरो हात मा एउटा प्लाष्टिकको झोला राख्दै उसले भनि अगी मैले भनेको कुरा घरमा गर भोलि त्यो वकिललाई भेट्न जना छ .. बाइ बाइ अनि आफ्ना ओठलाई चुच्च्चो पार्दै हावा आफ्नो भित्र तानेर उह आगाडी बढे अनि म नि लागे आफ्नै कोठामा …

उनिसंग खाएको त्यो एक प्लेट ममले पेट धुस्स बनाएको थियो सुते भोलि पल्टन १० बजेको थियो फोनले उठायो उसकै रहेछ वकिलले २ बजेको टाइम देको छ बेहुला बनेर आउनु … कान बन्द भयो संसार सुन्य भयो एकरातमै मेरो बिहे तय भएछ , फोन राखे बेहुला बन्ने तयारी गरम कि क गरम ओहो यो कस्तो बेचैनी त्यै बेला फोन आयो बाबा लौन अर्को फसाद उठाए

म ; बाबा ठोग गरे ..
बाबा ; बाबु , इमृतिको फोन आको थियो उनले मलाई सबै कुरा भनिन तिमीलाई जे ठिक लाग्छ गर बाबु , हाम्रो जिन्दगि त कुटो कोदालो मै बित्यो तिमि सफल हुनु प्रगति गर्नु मेरो आसिर्बाद छ बाबु … बरु उनीलाई लिएर घर आउनु उनि आउनु भन्दा अगाडी … मैले उसको बाबा संग नि कुरा गरि सके … तिमि चिन्ता नगर बाबु तिम्रो हरेक निर्णयमा हाम्रो साथ छ ...

— फोन काटियो , कानमा एउटा चर्को आवज गुन्जी रह्यो टुटुटु
उसले हिजो मेरो फोनबाट बाबाको नम्बर लिएकी रहेछ, बाबाले एकै स्वोरमा सबै कुरा त गर्नु भयो मैले क गरम अझै निर्णय गर्न सकेको थिएन, घडी हेर्ये १२ बजिसकेछ तल बजेको गाडीको हर्नले झसंग भए उ आइसकिछ , अरु बेहुली लिन आउछन म बेहुलो लिन आउन पर्या छ , फोन किन न उठाको बुद्धु .. सोच्दा सोच्दै फोन आको नि थाह पाएनछु …

बिहे भयो कागजमा, कानुनले मलाई बेहुला अनि उसलाई बेहुली बनायो तर म भने अझ दोधारमा थिए बुझ्न सकी रहेको थिएन म के गर्दै छु अनि जिन्दगि कता जादै छ , फोन बज्यो ..यो फोनले नि बेला बेला तर्साउन थालेको छ , नया नम्बर .. मदन जी तपाइको पर्सि २ बजे अन्तरबार्ता छ आफ्नो डकुमेन्ट लिएर आउनुहोला ||
फेरी आर्को फसाद पर्सि २ बजे त उसको फलाइट छ अब उसलाई बिदाई गरम कि यता जागिरको पहिलो धोका खोलम ..

उसको फलाइट अनि मेरो अन्तरबार्ता , रातभर लेखाजोखा गरे उनले जितिन उनलाई बिदाई गर्न जाने भए कोइ पनि नरुने सर्त पहिले भइसकेको थियो एरपोर्ट गए.. अन्तिम सम्म आउदिन नै भनेको थिए उनीलाई , उनको परिवार भन्दा आगाडीनै पुगे उसको दिदीलाई म एरपोर्टमा भएको जानकारी गराए एउटा कुनामा बसे , संयोग उनि आउने बाटोनै परेछ, त्यै भेट भयो मन गह्रौ भयो सबैलाई बिदाइका पललाई आफ्नो क्यामरामा कैद गर्न तिर लागे म भने एक छेउमा बसेर उनलाई हेरिरहे हेरी रहे उनि टर्मिनल तिर अगाडी बढीन मेरा आखाहरुले उनलाई अन्तिम पटक कैदी बनायो उनि म बाट टाडा भइन ..

gift
उनको उपहार

अहिले म काठमाडौँक सडकमा जागिरको खोजीमा उनले न्यु रोडमा दिएको त्यो प्लाष्टिकको झोलामा भएको टिसर्ट लगाएर कानमा एअरफोन जोडेर चर्को आवाजमा गीत बजाउदै आखा भरि सपना, मन भरि सम्झन अनि झोला भरि आफ्ना कागजपत्र बोकेर गल्लि गल्लि कुदी रहेछु कामको खोजीमा .. हो म त्यै हो अचेल म बदलिएको छु एक्लै छु तर समाजमै छु , समाजमै छु तर एक्लो छु , हो म एकसुरे भएको छु हो म येही देशमै बरलिदै छु ||

Leave Your View