माया प्रेम बढे पछि

 आज कमल चलेको छ 
आज कलम बोलेको छ
स्मिर्तिका घुट्काहरु प्याला बनेर
आज याद संगै कपि कलम बोलेको छ

सायद समयले संयोग जुरायो, कलमहरु थर्थराए, सायद यी कलम नबोलेको धेरै भएथो, सायद डायरीका पानाहरु सुक्खा भयथे आज संगै बोले , धेरै पछि ल्यापटप खोले डायरी कलम खोले अनि बोले यादहरु केहि एथार्थहरु अनि समाजका सत्य तिता घटनाहरु |

मेरो प्रयास माया बोल्ने, मेरो प्रयास माया बुझ्ने, समाजको माया गर्ने तरिका खोज्ने.. गल्ति भए सुधार्ने अवसर पाउ

यादहरु बन्छन माया प्रेम बढे पछि
नागिन्छ नग्याउछ माया प्रेम बढे पछि ||
संसार बिर्सिन्छ, देश भुलिन्छ ||
परिवार छोडिन्छ होटेल गेस्ट हाउस खोजिन्छ ||

माया प्रेम बढे पछि
अनेक सपना बुनिन्छ पलमै तोडिन्छ
प्रेम घडा भरेर पोखिन्छ
बिर्सिने बिर्सिन्छन, सम्झिने रोइ रहन्छन ||
कोइ आर्यघाट पुग्छ्न, कोइ कोमामै तेर्रसिनछन


आशुको पोखरी, यादको डुबुल्की , माया प्रेम बढेपछि
परिवार बिर्सिन्छन साथीभाई छोडीन्छन ||
संसार समय आफ्नै खोज्छन माया प्रेम बढे पछि
घामले पुगेन , आगोले पोलेन ||
मान्छे बदलियो माया प्रेम बढे पछि

कोइ पिल्स किन्दै भेटिय , कोइ कोठा रुन्ग्दै भेटिय ||
सम्बम्ध बिर्सिय, घरबाट ताडीए
कोइ जंगलमा भेटिय, कोइ होटेल भेटिय
कति रहर मेटिए, बाउआमाको सपना बिर्सिय
कोइ आर्यघाट पुगे, कोई कोमामैं तेरसिय
माया प्रेम बढे पछि

Related posts