हाम्रो मायाको चौथो बसन्त

ए सुनत, आज त बिशेष दिन हो नि, तिमि तिमि अनि म म बाट हामी भएको चार वर्ष बितेछ नि है कति चाडै अनि थाह छ | सायद यो चार बर्ष बित्दै गर्दा हामी कहिले पनि टाडा भएनौ नि सिर्फ अहिले जब मैले मेरो माया पनि तिमीलाई सोसियल मिडिया बाट पठाउन बाध्य छु | थाह छ हामी त नमुना थियौ नि हामी त हामी भैसकेका छौ नि | अनि सम्झिन्छौ नि ” तिमि उता म यता ज्यान त टाडा छ माया बिरानो नसम्झ माया गाडा छ” लाग्छ यो गीत गाउने गायक दाई नि हामी जस्तै पिडा मा थिए होला नि ? हामी जस्तै हरेक दिन एक अर्कालाई नसक्दा नसक्दै बिर्सिदै थिए होला नि ?

याद छ तिमि रिसाउथियौ अनि म मरी मरी तिम्रो आगाडी हासी दिन्थे अनि भन्ने गर्थ्यौ क्या के यार तिमि त राम्रो संग रिसाउन नि दिन्नौ, तर सोचिनौ नि कहिले म सक्दिन तिमीलाई रिसाको हेर्न, दुखि भएको हेर्न त्यसैले त अहिले मन मस्तिष्क मा पिडा अनि दुख मात्र हुदा नि जहिले तिम्ले मलाई हासेको मात्र देख्छौ, मलाई थाह छ जब म हास्छु तब तिम्रो आधी दुख सकिन्छ, अनि तिमीलाई पनि त थाह छ नि लाटी जब तिमि मुस्कुराउछौ मेरो दुख आफै हराउने गर्छ |

तिमि सधै भन्छौ नि तिमीले कहिले अरुले जस्तो गरेनौ तिम्ले माया नै देखाउदैनौ, अनि म भन्छु नि थैट लाटी माया नि देखाउने कुरा हो र माया त गर्ने कुरा हो नि , तिम्ले नबुझेनी बुझे जस्तै गरि टाउको हल्लाउने गर्थयौ | साच्ची तिमि कति सोझी थियौ है, त्यै भएर त लाटी उपनाम पाएकी थियौ जुन तिमीलाई औधी मन पर्थो सानी अनि लुरी भन्दा पनि बढी | म सधै भन्ने गर्थे नि जब तिम्ले मलाई संका गर्दै भन्ने गर्थयौ तिम्ले मलाई छोडेर जान्छु याद छ, मैले भन्ने गर्थें नि “”सधै सधै सायद लामो धेरै लामो समय हुन् सक्छ तर, जब तिमि संग हुन्छु सधै समय संगै हुन्छु ” अनि तिमि केहि नबुझेर बस्दा मैले हात हल्लाई हल्लाई अनि एक मुठी तिम्रो नाकमा धक्का दिदै भन्थे नि सधै तिमि संगै हुन्छु भनेर, तिमीलाई मेरो पहिलो त बनाउन सकिन अन्तिम बनाऊनु छ भनेर |

“I miss you when something good happens, because you’re the one I want to share it with. I miss you when something is troubling me, because you’re the one that understands me so well. I miss you when I laugh and cry, because I know that you are the one that makes my laughter grow and my tears disappear. I miss you all the time, but I miss you the most when I lay awake at night, and think of all the wonderful times that we spent with each other for those were some of the best and most memorable times of my life.”

“अचेल त बिर्सिने बानी लागेको छ नि लुरी थाह छ, किनकि म तिमीलाई सम्झिन चाहन्छु , सम्झि रहन चाहन्छु कहिले नबिर्सिने गरी”

उपहार त म तिमीलाई केहि पठाउन नसकुला म
माया एक झोक्का याद पठायछु प्रिय

ज्यान त तिमीलाई नै दिन नसकुला म
तिम्रो नाम पछाडी मेरो थर दिनेछु प्रिय

मायाको बन्धन हामीले कसौला
जुनी जुनी संगै बाचौला
सधै खुसि दिन नसकुला मैले

तिमी रुनु भन्दा पहिले मै हसाउला प्रिय


तिमी बिरामी पर्दा मै डाक्टर बन्न नसके पनि ||
पानी तातो बनाएर औषधि अगी मै सारुला प्रिय

जब हाम्रो माया जन्मिन्छ, रात भर रोएर निन्द्रा बिच्किन्छ
आफ्नो घुड़ो त चुसाउन नसकुला
हात अगि बढाएर काखमा मै राखुला प्रिय |

उपहार त म तिमीलाई केहि पठाउन
नसकुला म
माया संगै एक झोक्का याद पठायछु प्रिय

समुन्द्रपारी त्यत्रो पर, न्यानो अंगालो त पठाउन नसकुला म
एक झोक्का मायाको आभाष पठाउछु प्रिय

सधै माया त तिमीलाई नमिठो लाग्ला लुरी
तै पनि याद संगै मिठो माया पठाऊला प्रिय

जिन्दगि भरको साथ त जिती सक्यौ तिम्ले
तिम्रो नाम पछि मेरै थर जोडुला प्रिय

उपहार स्वरूप केहि नपठाए नि
एक झोक्का माया अनि याद पठाए
छु प्रिय  ||

हरेक शब्द संगै तिमीलाई सम्झिदै गर्दा म यो पनि सम्झिदैछु माया, कि हरेक पटक मैले तिम्ले उपहार दिएको त्यो रातो मोटो डायरी अनि काला नराम्रा अक्षर कोरिसके पछि मैले नमान्दा नमान्दै खोसेर झगडा गर्दै पढ्ने तिमि नै त हुन्थ्यौ र आज पनि म त्यै नै चाहन्छु अनि सम्झिन्छु मैले लेखेर सके पछि हरेक पूर्ण बिराम पछि अब यसलाई उसले कहिले पढ्छे अनि फेरी यसमा थप घट गर्न उसले कहिले भन्छे अब फेरी त्यै लेख पढेर उह कहिले रुन्छे अनि म उसलाई रुन्चे भनि भनि हास्दै कहिले फकाउन पाउछु | अचेल मेरा कलमहरुले  ति डायरीका सेता पानाहरुमा कोर्न मान्दैन प्रिय कारण तिनीहरुलाई थाह छ कि तिनीहरु तिम्रो नजरमा पर्न अझ धेरै समय कुर्न पर्छ, ति काला नराम्रा अक्षर पनि म जस्तै छन् नि प्रिय अपुरा अधुरा तिमि बिना, जसरि मैले तिमीबिना एक्लो महसुस गर्छु, मान्छेहरुको भिडमा एक्लै पाउछु, आफैलाई एउटा कालो अध्यारो कोठामा बन्द गर्छु त्यसरी नै ति शब्दहरु कलम भित्र नै बन्द छन् प्रिय |
आज धेरै पछि यी कलम सलबल गरेका छन्, फेरी तिम्रा निम्ति लेख्दै छन् हाम्रा यादहरु माया यादहरु अनि तिम्रो अभाबमा तडपिएका तिता पलहरु ।

बधाई छ लुरी, चार बर्ष अघि जान अन्जानमा सुरु भएको रोपिएको हाम्रो मायाको बिरुवा आजसम्म आइपुग्दा तिमि म हाम्रा साथीहरु हुदै हाम्रो परिवारसम्म पुगेको छ | सायद हाम्ले हामीलाई जिती सक्यौ सानी ! बाधक बन्यो समय बाधक बन्यो परिस्तिथि, अब जोड्नु छ हाम्रो यात्रामा दुखेका मनहरु, अब जोड्नु छ बिग्रेका सम्बन्धहरु अब बन्नुछ नमुना एक मायाको दिनुछ उदाहरण एउटा प्रेमको बाध्नु छ घर परिवार अनि समाजलाई हामी संगै माया ! देखाउनु छ सबैलाई हामी एक भएर फेरी एक पटक !!

बधाई छ माया यो सबै यादहरुको लागि,धन्यबाद छ तिमीलाई चोखो माया अनि मिठो साथको लागि ! अनि शुभकामना छ लुरी बर्सौबर्ष सम्मको माया अनि साथको लागि !

Leave Your View